बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०७७, बिहीबार

तस्विरः फाइल

धरान २०, कात्तिक ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मोरङका ५९ वर्षीय पुरुष, राजविराज १, सप्तरीका २३ वर्षीया महिला र राजविराज ८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

मोरङका पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनलाई यही कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। उनमा सोही दिन कोरोना पुष्टि भएको थियो।

यसैगरी राजविराजकी २३ वर्षीया महिलाको पनि आज बिहान सवा ३ बजे मृत्यु भएको हो। कात्तिक १८ गते कोरोना पुष्टि भएकी उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो।

यस्तै राजविराजका पुरुषको मृत्यु आज बिहान ८ बजे भएको अस्पतालले जनाएको छ। यही कात्तिक १५ गते अस्पताल भर्ना भएको उनको सोही दिन कोरोना पुष्टि भएको थियो।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech