२४ घण्टामा ३३०९ कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७७, बुधबार

 

काठमाडौं १९, कात्तिक ।

नेपालमा कोरोना भाइरसका थप तीन हजार ३०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३०९ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३८४४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४४ हजार ८७८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार १४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

 

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech