काठमाडौं २०, जेष्ठ ।
देशभर हालसम्म २० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको छ।
काठमाडौं मेडिकल कलेज केएमसी सिंनामंगलमा कार्यरत तीन जना र मनमोहन कार्डियो थेरासिक भास्कुर तथा ट्रान्सप्लान सेन्टरमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएसँगै संक्रमित स्वास्थ्यकर्मीको संख्या २० पुगेको हो। ५ जना निको भइसकेछन्।
हालसम्म काठमाडौं ५, धनकुटा ४, दाङमा २, सप्तरी२, बाँके, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही, रौतहट र धनुषामा एक/एक जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको हो।