वीर अस्पतालका कर्मचारी धर्नामा, पदाधिकारीलाई दिए तीन दिने अल्टिमेटम

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७७, बुधबार

काठमाडौं १९, कात्तिक ।

वीर अस्पतालका आन्दोलित कर्मचारीहरुले आफ्ना माग पूरा गर्न अस्पताल पदाधिकारीलाई तीन दिने अल्टिमेटम दिएका छन्। अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन थालेका उनीहरुले बुधबार धर्ना दिएका छन्।बिहान साढे १० देखि साढे ११ बजेसम्म प्ले कार्ड सहित हातमा कालो पट्टी बाँधेर धर्ना दिएको आचार्यले जानकारी दिनुभयो।

पदाधिकारीहरुले आफ्ना मागप्रति कुनै सुनुवाइ नगरेको भन्दै उनीहरुले तीन दिने अल्टिमेटम दिएका हुन्। आगामी शुक्रबारसम्म आफ्ना माग पूरा नगरे आन्दोलनका नयाँ कार्यक्रम ल्याइने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले चेतावनी दिनुभएको छ ।

कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु कात्तिक २ गतेदेखि आन्दोलनमा छन्। चैतदेखि हालसम्म कोभिड भत्ता, औषधि खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित छन्।

पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै उनीहरुले न्याम्सका उपकुलपति, अस्पतालका डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको पदबाट राजीनामा माग समेत गरेका छन्। अस्पतालका २ सय बढी कर्मचारी आन्दोलनमा सहभागी छन्।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech