बीपी प्रतिष्ठानमा कोरोनाबाट नौ वर्षीया बालिकाको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०७७, बुधबार

तस्विरः फाइल

 

सुनसरी १९, कात्तिक ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको आजै बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

ती बालिकामा यही कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई भोलिपल्टै कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

  • १९ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech