काठमाडौं २०, जेष्ठ ।
काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उपचारार्थ एक गर्भवती महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ। धादिङकी २२ वर्षीया गर्भवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो।
३८ हप्ते गर्भवती महिलामा संक्रमण देखिएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताउनुभयो। उहाँको हाल सोही अस्पतालमै उपचार भइरहेको डा गौतमको भनाइ छ।
संक्रमित मंगलबार देखिएका संक्रमितमध्ये एक भएको बताइएको छ ।