कोरोना अपडेटः आईसीयूमा ३४७ र भेन्टिलेटरमा ७८

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

काठमाडौं १७, कात्तिक ।
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आईसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसियू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र ३४७ जना संक्रमित आईसियूमा उपचाररत रहेका छन्।

आईसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८० जना आईसियू र ४७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ जना आईसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३८ जना आईसियू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आईसियूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आईसियू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६४ आईसियू र ८ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ५ आईसियू उपचाररत रहेका छन्।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech