२९३३ संक्रमित थपिए,३१५० जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

 

काठमाडौं १७,कात्तिक ।

देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप २ हजार ९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कुल १३ हजार ४४६ नमुना परीक्षण गर्दा १ हजार १७६ महिला र १ हजार ७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो । योसँगै देशभर संक्रमण पुष्टि हुनेहरुको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार १५० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।  देशभर डिस्चार्ज हुनेहरुको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।

अब देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन् ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरस संक्रमण भई ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको छ।

 

 

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech