काठमाडौं १७,कात्तिक ।
देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप २ हजार ९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
कुल १३ हजार ४४६ नमुना परीक्षण गर्दा १ हजार १७६ महिला र १ हजार ७५७ पुरुषमा संक्रमण पुष्छि भएको हो । योसँगै देशभर संक्रमण पुष्टि हुनेहरुको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार १५० जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेहरुको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ ।
अब देशभर ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन् ।
कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरस संक्रमण भई ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको छ।