कोरोनाबाट नेपालगन्जका वडासदस्य शान्ति देवी परियारको निधन

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

नेपालगन्ज १७, कात्तिक । 
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जमा एकजना जनप्रतिनिधिको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-२ कि वडा सदस्य शान्ति देवि परियारको उपचारका क्रममा भेरी अस्पतालमा सोमबार मृत्यु भएको वडाअध्यक्ष सुनिलसिंह हमालले जानकारी दिनु भयो ।

घरबारी टोलकी ६७ बर्षिया परियारलाई कात्तिक ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो ।

उहाँको उपचारका क्रममा बिहान १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

बाँकेमा कोरोनाबाट पहिलो पटक जनप्रतिनिधिको मृत्यु भएको छ । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech