चितवनस्थित भरतपुर अस्पतालमा २ जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०७७, सोमबार

चितवन १७, कात्तिक ।

चितवनस्थित भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुषमा यही कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सोही दिन कोभिड आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो ।

सबै उपायहरु गर्दा गर्दै आइतबार राति १ः२० बजे उनको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

यसैगरी भरतपुर अस्पतालमै उपचाररत धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको सोमबार बिहान २ः५५ बजे मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ५ गते उनी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • १७ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech