नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ६० नाघ्यो

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

तस्विरः फाइल

काठमाडौं १६, कात्तिक ।

नेपालमा कोरोना एकै दिन २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १७ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा २ हजार ८ सय २४ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । कुल संक्रमितमध्ये ३७ हजार ७ सय ६५ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार २५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १४ लाख ५६ हजार ३ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ । हाल २ हजार ३ सय ८६ जना क्वारेन्टाइनमा छन्।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech