बाँके खजुराका ४० बर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

नेपालगन्ज १६, कात्तिक ।
बाँके खजुरा गाउँपालिकाका ४० बर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको छ । खजुरा गाउँपालिका-३ वि गाउँका ती पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई शनिवार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । लगत्तै कोरोना परीक्षणका लागि स्वाब निकालिएको थियो । तर उनको राती ११ बजे नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

आज आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनलाई भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सख्या ३२ पुगेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech