कोहलपुरका तीन बर्षीय बालकले जिते कोरोना

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

नेपालगन्ज १६, कात्तिक ।
बाँकेमा तीन बर्षीय बालकले कोरोना भाइरस संक्रमण जितेका छन् । कोहलपुर नगरपालिका-४ का ती बालकलाई १० दिन अघि भाइरस संक्रमण पुष्टि भएको थियो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनीसँगै नेपालगन्जका ८ बर्षीय बालकले पनि कोरोना जितेका छन्। नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका ती बालक पनि आज भाइरस संक्रमणमुक्त भएका छन् । तीन बर्षीय बालक होमआइसोलेसनमा बसेका थिए भने आठ बर्षीय बालक भेरी अस्पतालको आइसोलेसनमा बसेका थिए ।

बाँकेमा ३ र ८ बर्षीय बालकसहित आज ६० जनाले कोरोना भाइरस जितेका छन् । २४ महिला र ३६ पुरुष गरी ६० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएको श्रेष्ठले बताउनुभयो। उनिहरुलाई कात्तिक ६ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा बसेका थिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ८सय ८४ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा अहिले २ सय ३२ जना सक्रिय संक्रमित उपचाररत छन् । जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार १ सय ४७ रहेको छ भने ३१ जनाको मृत्यु भईसकेको छ ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech