कैलालीका कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु

    • स्वास्थ्य पेज

  • १६ कार्तिक २०७७, आईतवार

तस्विरः फाइल

नेपालगन्ज १६, कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका-१ कैलालीका ६० बर्षीय पुरुषको शनिवारराती उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुष असोज १४ गते भेरीमा भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले त्यसैदिन पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा शनिवार राती १ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेका अस्पतालमा उपचारका क्रममा मृत्यु हुने बाहिरी जिल्लाका संक्रमितको संख्या २० पुगेको छ ।

पछिल्लो २४ घण्टामा बाँकेमा चारजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। ती मध्ये एकजना नेपालगन्जका, दुईजना दाङका थिए ।

  • १६ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech