थप १६ जना कोरोना संक्रमितको मुत्यु, मृतकको संख्या ९२० पुग्यो

    • स्वास्थ्य पेज

  • १४ कार्तिक २०७७, शुक्रबार

तस्विरः फाइल

 

काठमाडौं १४, कात्तिक ।

कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो ।

बिहीबार ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । आइतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थिए भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।

गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech