२३६४ कोभिड संक्रमित थपिए, ३०३८ जना डिस्चार्ज, १७ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७७, बिहीबार

काठमाडौं १३,कात्तिक ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहिवार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७६९ नमूना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना भाईरस संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

देशभरबाट कोरोना संक्रमण मुक्त भई बिहिवार ३ हजार ३८ जना डिस्चार्ज भएका छन् । अब संक्रमण जितेर डिस्चार्ज हुनेको कुल संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभर सक्रिय संक्रमित ३८ हजार ९५२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech