रोल्पाको त्रिवेणी गाउँपालिकामा विद्यार्थी स्वास्थ्य कार्यक्रम लागु

    • स्वास्थ्य पेज

  • १३ कार्तिक २०७७, बिहीबार

रोल्पा १३, कात्तिक ।
रोल्पाको त्रिवेणी गाउँपालिकाका सबै माध्यामिक तहका विद्यालयमा विद्यार्थी स्वास्थ्य कार्यक्रम लागू भएको छ । विद्यार्थी र शिक्षक शिक्षिकालाई प्राथमिक उपचारका लागि सहजता होस् भनेर पालिकाले १२ वटा माध्यामिक विद्यालयमा स्वास्थ्यकर्मी नियुक्त गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापन गराउने शिक्षिकशिक्षिकाहरुलाई लक्षित गरेर पालिकाले विद्यार्थी स्वास्थ्यकर्मी लागु गरेको त्रवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले जानकारी दिनुभयो । यो कार्यक्रम लागु भएपछि प्राथमिक उपचारका लागि सदरमुकाम जानु पर्ने बाध्ययताको अन्त्य भएको छ ।

महिनावारी व्यवस्थापन, सरसफाई, पोषण तथा प्राथमिक उपचार विद्यालयबाटै दिन सुरु गरिएपछि विद्यार्थी खुसी भएका छन् । संघीय सरकार र स्थानीय सरकारको लागत साझेदारीमा यो कार्यक्रम लागु भएको हो । विद्यालय र नर्सहरुको खर्च व्यवस्थापन ९० प्रतिशत संघीय सरकार र १० प्रतिशत गाउँपालिकाको समेटेने गरेको गाउँपालिकाका अध्यक्ष वलीले जानकारी दिनुभयो ।

पालिकाका हेल्थ पोष्टहरुमा रहेका स्वास्थ्यकर्मीहरुलाई नै विद्यालयमा खटाइएको छ । त्यसको परिणामका आधारमा त्यसलाई थप प्रभावकारी गराइने अध्यक्ष वलीले जानकारी दिनुभयो । विद्यालयका छात्राहरुलाई नर्सहरुले मैनावरी व्यवस्थापन र पोषणको महत्वको बारेमा अहिले सिकाउने काम गरिरहेका छन्।

त्यसले गर्दा विद्यालय तहका किशोरीहरुको स्वास्थ्य समस्या सुल्झाउन सहज भइरहेको जनजागृत मावि कक्षा ९ मा अध्ययनरत विनिता केसीले बताउनुभयो । माध्यामिक तहमा अध्ययनरत छात्राहरुको उमेर किशोराअवस्था हुने हुँदा उनीहरुका स्वास्थ्य समस्या बढी नै हुने गर्छन्। उसो त अन्य छात्र तथा शिक्षक शिक्षिकका स्वास्थ्यमा पनि समस्या भइरहेकै हुन्छ ।

यस्तो समस्याबाट मुक्तीका लागि हरेक स्वास्थ्य समस्याको प्राथमिक उपचार तत्काल विद्यालयमै गर्नका लागि पालिकाले सुरु गरेको विद्यार्थी स्वास्थ्य कार्यक्रम अनुकरणीय छ ।

 

  • १३ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech