पेटको बोसो कसरी घटाउने ?

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

मोटोपन धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । पेटमा बोसो जमेपछि शरीर भद्दा देखिन्छ । भद्दा देखिने मात्र होइन, यसले अनेक रोग समेत निम्त्याउँछ । मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगले ग्रस्त बनाउँछ । त्यसो भए मोटोपन कसरी घटाउने ?

यसका लागि धेरैले खानपानमा कटौती गर्छन् । तर, नियमित खानपानमा कटौती गर्दा अरू समस्या थपिन सक्छ । शरीरमा पोषणको अभाव हुनसक्छ । त्यसैले साँझ बिहानको खाना कटौती गर्नु त्यति उचित हुँदैन । बरु एकै पटकमा धेरै खाने, मसलेदार खाने, चिल्लोचाप्लो खाने बानी भने त्याग्नुपर्छ ।

खानामा सलादको मात्रा बढी हुनुपर्छ । उसिनेको तरकारी, दाल आदि पनि लाभदायक हुन्छ । यससँगै शारीरिक व्यायाम प्रभावकारी हुन्छ, पेटको बोसो घटाउन ।

योगका विभिन्न आसन, व्यायाम आदिबाट पेटको बोसो घटाउन सकिन्छ । यी व्यायाम सामान्यत आफ्नै ढंगले घरमै गर्न सकिन्छ । यदि कुनै शारीरिक समस्या छ भने चिकित्सकको परामर्श लिनैपर्छ । साथै, प्रशिक्षकको मद्दत पनि लिनुपर्ने हुन्छ । आफूखुसी गर्दा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ । अर्को महत्वपूर्ण कुरा, योग वा व्यायाम जबर्जस्ती गर्नु हुँदैन ।

पुलअप

यो आफैँमा एक सम्पूर्ण व्यायाम हो । पुलअप्स गर्दा शरीरको हरेक हिस्सामा दबाब पर्छ र सबै मांसपेसीहरू तन्किन्छन् यसैले पुलअप गर्नाले बोसो चाँडै घट्छ ।

पुलअप्स गर्नको लागि पुलअप गर्न बनाइएको रडमा समातेर झुण्डिनुपर्छ । हत्केला अगाडि बनाउने र हत्केलामा काँध र पाखुराको बल लगाएर पूरै शरीरलाई माथितिर खिच्नुपर्छ । दुई सेकेण्ड रोकिएपछि शरीरलाई तल ल्याउने र फेरिमाथि खिच्नुपर्छ ।

पुसअप

पुसअपको खास कुरा के छ भने यसको लागि कुनै मेसिनको आवश्यकता पर्दैन । जहिले पनि र जहाँ पनि पुसअप गर्न सकिन्छ । सुरुवातामा समस्या हुन्छ भने जबरजस्ती नगरौं । बरु सुरुमा जम्मा ४-५ पुसअप मात्रै गरौं  । बिस्तारै यसलाई बढाएर ३० देखि ५० पटकसम्म गर्न सकिन्छ ।

पुसअप गर्नको लागि सबैभन्दा पहिले जमिनमा म्याट ओछ्याउने र पेटको बलले सुत्नुपर्छ । त्यसपछि आफ्नो पूरा शरीरको भार हत्केलामा र पन्जामा राख्नुपर्छ । हात सिधा राखेर शरीरलाई माथि उठाउने ।

यो स्थितिमा शरीर एकदम सिधा हुनुपर्छ । आफ्नो हातलाई पनि समानान्तर राख्नुपर्छ । तल आउँदा सासभित्र खिच्ने  र गर्धन हल्कामाथि राख्नुपर्छ । पूरै ध्यान छातीमा लगाउनुपर्छ ।

जब छातीले हल्का जमिनलाई छुन्छ त्यतिखेर सास छोड्दै माथितिर आउनुपर्छ । तल आरामसँग आउने र माथि थोरै तीव्र रुपमा जानुपर्छ ।

उठबस

कम्मर, पिठ्युँ र पेटमा जमेको बोसोलाई कम गर्ने शानदार तरिका हो उठबस अर्थात् स्क्वाट । यसका लागि दुवै हात अगाडि तर्फ राख्नुपर्छ । सिधा उभिने र छाती थोरै बाहिर निकाल्नुपर्छ ।

आफ्नो घुँडालाई मोड्दै यसरी बस्नुपर्छ जसरी तपाईं कुर्सीमा बस्नुहुन्छ। आफ्नो घुँडालाई पन्जाको समानान्तर नै राख्नुपर्छ ।

त्यतिखेरसम्म तल झुक्नुपर्छ जतिखेरसम्म जाँघ जमिनको समानान्तर नहोस् । माथि आउँदा सास छोड्नुपर्छ । यो धेरै सजिलो छ र सजिलोसँग गर्न पनि सकिन्छ ।

प्लेक एक्सरसाइज

प्लेक पनि कैयौं किसिमका हुन्छन्। यसलाई पनि सजिलै गर्न सकिन्छ र जहाँ पनि गर्न सकिन्छ ।

प्लेक गर्नको लागि पेटको बलमा जमिनामा सुत्नुपर्छ र टाउकोलाई जमिनमा छुन दिनुपर्छ । अब शरीरको माथिल्लो भाग कुहिनोको भरमा जमिनबाट माथि उठाउनुपर्छ । खुट्टालाई पञ्जाको बलमा टिकाउनुपर्छ र फेरि आफ्नो पेट वा जाँघलाई माथितर्फ उठाउने कोसिस गर्नुपर्छ ।

२० देखि ३० सेकेण्ड यसै स्थितिमा रहने र फेरि सामान्य हुनुपर्छ । यसलाई दुईदेखि तीनपटक गर्न सकिन्छ ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech