कोरोना ब्रिफिङ अब सातामा दुई दिन मात्रै

    • स्वास्थ्य पेज

  • १२ कार्तिक २०७७, बुधबार

काठमाडौं १२, कात्तिक ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताउनुभएको हो ।

यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ुलाइभु हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने डा गौतमले जानकारी दिनुभयो ।

डा गौतमका अनुसार अन्य दिन अपरान्ह ४ः३० बजे डाटा अपडेट गरिनेछ। सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल र हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेसनमा दिइने मन्त्रालयले जनाएको छ।

  • १२ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech