कोरोना विशेष अस्पताल बुटवलमा कोरोना संक्रमित थप २ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७७, मंगलवार

तस्विरः फाइल

 

बुटवल ११,कात्तिक ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ।

बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार र तिलोत्तमा ११ की महिलाको सोमबार राति मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमाकी महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि हिजो नै अस्पताल भर्ना हुनुभएको थियो ।

बुटवलका पुरुषमा भने कार्तिक ७ गते कोरोना पोजेटिभ देखिएको थियो । दुवैजनामा श्वासप्रश्वासको समस्या रहेको थियो ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech