हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७७, मंगलवार

 

काठमाडौं ११,कात्तिक

चर्चित हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार आफुलाई कोभिड १९ संक्रमण पुष्टि भएको उहाँले सामाजिक सन्जाल मार्फत जानकारी दिनुभएको छ।

टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई थियो,उहाँले लक्षण देखिएपछि आइतबार पीसीआर परीक्षण गरेको र सोमबार रिर्पोट पोजेटिभ आएको बताउनुभएको छ ।दाजु र आफूलाई पोजेटिभ देखिएकाले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा रहेको गजुरेलले बताउनुभएको छ ।

उहाँले संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने भएकालेआफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजेटिभ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन  सबैमा अनुरोध गर्नुभएको छ । ।

  • ११ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech