बाँकेका ३७ जना कोरोना जितेर टिकाको दिन घर फर्के

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०७७, सोमबार

 

नेपालगन्ज १०,कार्तिक ।

बाँकेका विभिन्न आइसोलेसनमा रहेका ३७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । दशैंको टिकाको दिन जिल्लाका १५ महिला र २२ जना पुरुष गरि ३७ जना घर फर्किएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

लक्षण नदेखिएका कोरोना संक्रमितलाई १० दिनको आइसोलेसन बसाईपछि डिस्चार्ज गर्न पाउने निति अनुसार उनिहरुलाई आज डिस्चार्ज गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उनिहरु थप ७ दिन होम आइसोलेसन बस्नु पर्नेछ । यसअघि आईतबार जिल्लामा २ लट गरि २२८ जना डिस्चार्ज भएका थिए ।

योसँगै बाँकेमा संक्रमण जितेर डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६२२ पुगेको छ ।

  • १० कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech