कोभिड संक्रमित २७७ जनाको आईसीयु र ६६ जनाको भेन्टिलेटरमा उपचार हुदै

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७७, आईतवार

 

काठमाडौं ९ ,कार्तिक ।
देशभरका विभिन्न अस्पतालमा २ सय ७७ जना कोरोना संक्रमित विरामीको आईसीयुमा र ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश  एकमा २६ जना आईसीयुमा र १० जना भेन्टिलेटरमा , प्रदेश २ मा आईसीयुमा १० जना र भेन्टिलेटरमा २ जना , सबैभन्दा बढी बागमती प्रदेशमा १७६ जना आईसीयु र ४५ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

गण्डकी प्रदेशमा १३ जना आईसीयुमा र १ जना भेन्टिलेटरमा , लुम्बिनी प्रदेशमा ४२ जना आईसीयु र ८ जना भेन्टिलेटरमा उपचारमा छन् ।

कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित आईसीयुमा स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech