२८५६ कोभिड संक्रमित थपिदा ३३३६जना डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७७, आईतवार

काठमाडौं ९,कार्तिक ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आईतबार थप २ हजार ८५६ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७८९ जना पुरुष र १ हजार ६७ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ३३६ जना डिस्चार्ज भएका छन् । अब हालसम्म देशभर डिस्चार्ज हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

 

  • ९ कार्तिक २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech