कोरोनाः विश्वमा ज्यान गुमाउनेको संख्खा ३ लाख ७५ हजार नाघ्यो

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

नेपालगन्ज, २० जेष्ठ ।

विश्वभर ६२ लाख ६४ हजार ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक १८ लाख ९ हजार १ सय ९ छ।

त्यस्तै, ब्राजिलमा ५ लाख २६ हजार ४ सय ४७, रुसमा ४ लाख १४ हजार ३ सय २८, बेलायतमा २ लाख ७७ हजार ७ सय २७, स्पेनमा २ लाख ३९ हजार ६ सय ३८, इटालीमा २ लाख ३३ हजार १ सय ९७ जनामा संक्रमण पुष्टि पुष्टि भएको छ।

विश्वभर ३ लाख ७५ हजार २ सय ८ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ५ हजार ९९ जनाको मृत्यु भएको छ। त्यस्तै, बेलायतमा ३९ हजार १ सय २७, इटालीमा ३३ हजार ४ सय ७५, ब्राजिलमा २९ हजार ९ सय ३७ जनाको मृत्यु भइसकेको छ।

विश्वभर २६ हजार ९५ हजार ७ सय २९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ४ लाख ५८ हजार २ सय ३१ छ। त्यस्तै, ब्राजिलमा २ लाख ११ हजार ८०, रुसमा १ लाख ७५ हजार ५ सय १४, जर्मनीमा १ लाख ६५ हजार ६ सय ३२ जना संक्रमणमुक्त भएका छन्।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech