कर्णाली प्रदेशमा संक्रमितको संख्या ५६७३ पुग्यो

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७७, शनिबार

सुर्खेत ८, कात्तिक ।

पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ५ हजार ६ सय ७३ पुगेको छ ।

प्रदेशका विभिन्न पीसीआर प्रयोगशालाहरुमा ३ सय १७ जनाको नमूना परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले फेसबुक मार्फत जाककारी दिएको छ ।

प्रदेशभर अहिलेसम्म ८६ हजार ६ सय २२ जनाको नमूना परीक्षण गरिसकिएको मन्त्रालयले जनाएको हो ।

  • ८ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech