कोरोना संक्रमणबाट नेपालगन्जका ५० बर्षीय पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ८ कार्तिक २०७७, शनिबार

 

नेपालगन्ज ८, कात्तिक ।

कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका ५० बर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ धम्वोजीका ती पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा शुक्रबारराती मृत्यु भएको हो ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि ती पुरुषले असोज २५ गते बागेश्वरी प्रयोगशालामा परीक्षणका लागि स्वाव दिएका थिए । उनको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी असोज २७ गते भेरी अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको शुक्रबार राती १० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

  • ८ कार्तिक २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech