सार्कमा कोरोनाको अवस्था

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०७७, मंगलवार

नेपालगन्ज, २० जेष्ठ ।

नेपालमा १८ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ८ जनाको मृत्यु भएको छ भने २ सय २१ जना संक्रमणमुक्त भएका छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ३ सय ७० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५ हजार ६ सय ८ पुगेको छ। भारतमा हालसम्म ९५ हजार ७ सय ५४ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ७२ हजार ४ सय ६० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २६ हजार ८३ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या १ हजार ६ सय ४३ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या ८११ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ४९ हजार ५ सय ३४ पुगेको छ। बंगलादेशमा हालसम्म ६ सय ३२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १० हजार ५ सय ९७ छ।

अफगानिस्तानमा संक्रमितको संख्या १५ हजार ७ सय ५० पुगेको छ। अफगानिस्तानमा २ सय ६५ जनाको मृत्यु भइसकेको छ भने १ हजार ४ सय २८ जना उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ४३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ६ छ।

माल्दिभ्समा संक्रमितको संख्या १ हजार ८ सय २९ छ। मृत्यु हुनेको संख्या ६ छ भने उपचारपछि निको हुनेको संख्या ४८८ पुगेको छ।

  • २० जेष्ठ २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech