कोरोना संक्रमितको परीक्षण र उपचारको सरकारले यथोचित् प्रयत्‍न गर्ने प्रधानमन्त्रीको भनाइ

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

 

काठमाडौं ७, कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित् प्रयत्‍न सरकारले गर्ने बताउनुभएको छ । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उहाँले महामारीका बेलामा नागरिकको जीवनरक्षा सरकारको निःसर्त कर्तव्य रहेको भन्दै कोरोना संक्रमण नियन्त्रण गर्न र संक्रमितको उपचारमा पहल गरिरहेको बताउनुभयो ।

महामारीबाट नागरिकको जीवनरक्षा गर्नु सरकारको कर्तव्य रहेको भन्दै उहाँले परीक्षण र उपचारको प्रबन्ध सरकारले गर्ने भन्दै निश्‍चिन्त रहन सबैलाई आग्रहसमेत गर्नुभयो । त्यस्तै, कोरोना भाइरसको खोपमा सहज नेपाली नागरिकको पहुँचका लागि समेत सरकारले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

लकडाउन सुरु भएको चैत ११ देखि यता जनतालाई भयभित बनाउने थुप्रै अफवाह फैलाइएको भन्दे उहाँले यस्ता भ्रमका तुवाँलो विस्तारै हट्ने पनि बताउनुभयो ।

दसैँमा सर्वसाधारणलाई टीका नलगाइदिने
प्रधानमन्त्री ओलीले यस वर्ष दसैँमा सर्वसाधारणका लागि टीका नलगाइदिने बताउनुभएको छ । सम्बोधनका क्रममा उहाँले दसैंका दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताउनुभएको हो ।

दसैँको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन छ । तर, यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो । कोरोना महामारीका बेलामा आफू जोगिने र अरुलाई जोगाउन महत्त्वपूर्ण रहेको भन्दै उहाँले जो जहाँ छौं त्यहीँ दसैँ मनाउन पनि आग्रह गर्नुभयो।

सामाजिक दूरी कायम गर्ने, घरेलु औषधि प्रयोग गर्ने, मास्क लगाउन आग्रह गर्दै उहाँले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न पनि आग्रह गर्नभयो ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech