कोरोना संक्रमणबाट विराटनगरमा दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७७, शुक्रबार

तस्विर: फाइल

विराटनगर ७, कात्तिक ।
विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो । ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या थियो ।

शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । दाहालका अनुसार महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोग थियो ।

  • ७ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech