बाँकेमा आज ६० जना थपिए, संक्रमितको संख्या २९ सय नाघ्यो

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

नेपालगन्ज ६, कात्तिक ।
बाँकेमा विहीबार थप ६० जना कोरोना भाइरस संक्रमित फेला परेको छन् । जिल्लाका तीनवटा पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २४ महिला र ३६ पुरुष गरी ६० जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

भेरी अस्पताल प्रयोगशालामा ३९, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १९ र बागेश्वरी प्रयोगशालामा २ जना गरी ६० जनामा भाइरस संक्रमण देखिएको हो । योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १ पुगेको छ।

यस्तै विहीबार ५१ जना डिस्चार्ज भएसँगै भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ७८ पुगेको छ। अहिलेसम्म जिल्लामा संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका बाँकेमा उपचार गर्न आएका १६ संक्रमितको मृत्यु भएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech