दाङका कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

कोहलपुर ६, कात्तिक ।
लमही दाङका कोरोना संक्रमित पुरुषको विहीबार कोहलपुरमा मृत्यु भएको छ । लमही नगरपालिका–५ का ५५ बर्षीय पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि ती पुरुषले असोज २७ गते अस्पतालमा कोरोना परीक्षणका लागि नमुना दिएका थिए । उनको त्यसैदिन रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको उपचारकै क्रममा आज दिउँसो ४ः५० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका १६ जनाको मृत्यु भएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech