सुदूरपश्चिममा एक लाखबढीको पीसीआर परीक्षण

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

धनगढी ६, कात्तिक ।
सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षण गराउनेको संख्या एक लाख नाघेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाब परीक्षण भएको छ । बुधवारसम्म एक लाख तीन हजार पाँच सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार तीन सय ४३ जनाको नजिता आउन बाँकी छ ।

प्राप्त नतिजा अनुसार आठ हजार नौ सय ७३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ९२ हजार दुई सय ३३ जनाको नतिजा नेगेटिभ आएको छ । संक्रमितहरुमध्ये सात हजार चार सय ५३ जना निको भएर घर गएका निर्देशनालयको बिवरणमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा ६ स्थानमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला रहेका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सवैभन्दा बढी ५४ हजार चार सय ८३ जनाको स्वाब परीक्षण भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा १९ हजार दुई सय ५२, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा पाँच हजार सात सय ८९, बझाङ अस्पतालको प्रयोगशालामा दुई हजार पाँच सय १३, बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा एक हजार चार सय १४ र अछाम कमलबजारमा रहेको प्रयोगशालामा एक हजार एक सय ८६ स्वाव परीक्षण भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ हजार तीन सय १८ र सुर्खेत प्रयोगशालामा ४८ जनाको स्वाब परीक्षण गरिएको पनि प्रदेश स्वास्थ्य निर्देशनायले जानकारी दिएको छ ।

 

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech