कोरोना रोकथाम र नियन्त्रणमा लम्बिनी प्रदेशले खर्चियो साढे ५० करोड

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

बुटवल ६, कात्तिक ।
लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म ५० करोडबढी रकम खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार, अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपैयाँ खर्च गरिसकेको छ । प्रदेश सरकार मातहतका कोरोना बिशेष अस्पताल, प्रयोगशाला, स्वास्थ्य संस्थामा उपकरण, औषधि तथा स्वास्थ्यकर्मीको जोखिमभत्तामा उक्त रकम खर्चिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशमा भैरहवाको भीम अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, दाङको बेलझुण्डी कोरोना विशेष अस्पताल र बाँकेको भेरी अस्पताल नेपालगन्जमा कोरोना विशेष अस्ताल छन् । ती अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले अहिलेसम्म २१ करोड ४० लाखबढी रकम खर्च गरेको छ । तर खर्च अनुसार, कोरोना रोकथाम, र नियन्त्रण भने प्रभावकारी हुन सकेको छैन् ।

कोरोना विशेष अस्पतालमै शैया अभावमा उपचार नपाएर विरामीको मृत्यु हुन थालेको छ । कोरोना विशेष अस्पताल बुटवलका फोकलपर्सन डा सुर्दशन थापाले कोरोना बिशेष अस्पतालका शैयाहरु कोभिडका विरामीले भरिभराउ भएको बताउनुभयो । लुम्विनी प्रदेश सरकारले कोरोना संक्रमितको उपचार निशुल्क गर्ने निर्णयलाई यथावत राख्ने बताइसकेको छ ।

तर संक्रमित बढेपछि प्रदेशमा दुई महिना यता लक्षण देखिएका कोरोना संक्रमितहरुको परीक्षण र यात्रा विवरण भएकाहरुको टे«सिङ गरेर पीसीआर परीक्षण गर्ने काम हुन सकेको छैन् । तत्काल अस्पताल निर्माण र सेवा विस्तार गर्न नसकिने भएकाले नागरिक आफैले स्वास्थ्य सुरक्षाको पालना गर्नुपर्ने सरकारका प्रवक्ता बैजनाथ थारुको आग्रह छ ।

सामाजिक विकास मन्त्रालयले बनाएको मस्यौदामा मुुख्यमन्त्रीले नेतृत्व गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले समर्थन नगर्दा लुम्विनी प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म कोरोना प्रतिकार्य योजना बनेको छैन् । त्यो मस्यौदामा अस्पताल सुधार, उपकरण, जनशक्ति, परीक्षण, सेवा विस्तारलगायतका सबै प्रतिकार्यमा करिव २ अर्व रुपैयाँ लगानी गर्न प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अहिलेसम्म त्यसै थन्किएको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech