बाँकेमा आज ५१ जना डिस्चार्ज,संख्या पुग्यो २२७८

    • स्वास्थ्य पेज

  • ६ कार्तिक २०७७, बिहीबार

नेपालगन्ज ७, कात्तिक ।

बाँकेमा विहीबार थप ५१ जना डिस्चार्ज भएका छन् । विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होमआइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १५ महिला र ३६ पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यो जिल्लामा निको हुने दर ८०.१८ प्रतिशत हो । आज थप ५१ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ७८ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८ सय ४१ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ ।

  • ६ कार्तिक २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech