बाँकेमा आज ७ बर्षका बालकदेखि ७८ बर्षका बृद्धलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

नेपालगन्ज ५, कात्तिक ।
बाँकेमा बुधवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १८ महिलासहित ३८ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा २१, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १२ र कोहलपुरमै रहेको बागेश्वरी प्रयोगशालामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार संक्रमण पुष्टि भएकाहरुमा ७ बर्षका बालकदेखि ७८ बर्षका बृद्ध समेत रहेका छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८ सय ४१ पुगेको छ । यस्तै बुधवार ५२ जना डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेसन सेन्टर, अस्पताल तथा होमआइसोलेसनमा बसेका उनीहरु डिस्चार्ज भएको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

योसँगै बाँकेमा कोरोना जित्नेको संख्या २ हजार २ सय २७ पुगेको छ। जिल्लामा अहिलेसम्म भाइरस संक्रमणबाट २९ जनाको निधन भएको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech