कोरोनासँग लड्ने हतियार लकडाउन मात्रै हो त ?

    • स्वास्थ्य पेज

  • १९ जेष्ठ २०७७, सोमबार

ब्रबिम कार्की

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि अधिकाङ्स मुलुकले जारी लकडाउन गरेका छन् । नेपालले कोरोना भाइरसको संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन दुई महिना पुग्नै लाग्दा संक्रमित संख्या १४ सयबाट उकालो लागेको छ। कोरोनाबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९जना निको भइसकेका छन्। सरकार भने कोरोना नियन्त्रण गर्न बिना कुनै योजना थप्दै गएको छ । यसरी यो थप्दै जाने हो भने मानिस हरुले कोरोना भन्दा पनि गरिवी, भोकमरी र निराशाले ज्यान गुमाउन सक्छन् ।

लकडाउनका कारण जनजीवन प्राय थप्प नै बनेको छ भने धेरै मानिसको दैनिकी बिथोलिएको छ ।हाम्रा छिमेकी मुलुकहरु चीनले कोरोना भाइरसको इपिसेन्टर मानिने वुहान प्रान्तमा ५६ दिनको बन्दाबन्दी गरेको थियो भने भारत २१ दिनको देशबन्दीपछि फेरी लकडाउनको अवधी थपेर यो रोग नियन्त्रण गर्न प्रयासरत छ । तर भारतमा यसको सँक्रमण र यसबाट मृत्यु हुनेको सङ्ख्यामा बृद्धी भैरहेको छ ।

विश्वका अन्य विकसित देशहरुलाई पनि यो भाइरसले कायल बनाइरहेको छ । इटाली, स्पेन, अमेरिकाजस्ता देशहरुमा कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या उच्च नै छ । यो विकराल स्वास्थ्य चुनौतीको सामना गर्न विश्व नै लागी परेको छ । थुप्रै मुलुकहरु अहिले लकडाउनमा छन् । विश्व स्वास्थ्य संगठनले पनि विश्वभर कायम रहेको लकडाउन अहिले नै हत्तारिएर हटाए घातक पुनरुस्थान  हुन सक्ने चेतावनी दिएको छ। यसले मानव समुदायमाझ विकराल समस्यहरु सिर्जना गर्न सक्छ ।

अहिले नेपथ्यमा चर्चा भैरहेको विषय र चिन्ता हो- ‘यो लकडाउन कहिले अन्त हुन्छ र हामीले यो महामारिबाट कहिले मुक्ती पाउँछौ ?’ यसको ठोस जवाफ अहिले कसैसङ्ग पनि छैन । यो महामारीले अझ कती क्षति पुर्याउने त्यो पनि कसैलाई थाहा छैन । कोरोनाभाइरसको अन्त गर्न कि त यसका विरुद्द भ्याक्सिन निर्माण गरेर सबैको पहुँचमा पुर्याउनु पर्यो कि त समुदायमा हर्ड प्रतिरक्षा विकास गर्नुपर्यो । हर्ड प्रतिरक्षा घातक नै देखिन्छ किनकी यसमा समुदायका अधिकाङ्स मानिसमा यो रोग संक्रमण हुन दिनुपर्छ जसले गर्दा यो रोग विरुद्द लड्न सक्ने प्रतिरक्षात्मक क्षमता विकास हुन्छ । यसो गर्दा धेरैको मृत्यु हुन सक्ने अर्को चुनौती हुन्छ । यी दुबै उपायका लागी हामीले कुनै चमत्कार नभए १ बर्ष वा त्यो भन्दा बढी प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

सरकारले लकडाउन खुकुलो पार्दै लानुपर्छ । जहाँ सँक्रमण अबढी छ त्यहाँ लकडाउन र संक्रमण जाँच बढाउँदै लानुपर्छ र जहाँ कम छ त्यहाँ सावधानी र सामाजिक दुरी कायम राख्दै त्यो क्षेत्र खुकुलो पार्नुपर्छ ।

यो अवस्थामा लकडाउन कहिलेसम्म हुने हो भन्ने धेरैको चिन्ता छ । लकडाउन हत्तारिएर खुलाउन पनि चुनौतिपुर्ण नै छ । तर लकडाउन अनिश्चितकालसम्म लम्बिन पनि सक्दैन । सरकारले पनि लकडाउनलाई मात्र कोरोनाविरुद्ध लड्ने हतियारका रूपमा उपयोग गरेको छ। लकडाउनको बेलामा पनि पहुँच र  राजनीतिक प्रभाव प्रयोग गरेर मानिसहरु ओहोरदोहोर गरे । यसले पनि सँक्रमणको संख्या थप्ने कारण बन्यो ।यो अवधिको उपयोग गरेर सरकारले जती तयारी गर्नुपर्थ्यो त्यती नगरिएको देखियो ।

लकडाउन र प्रतिबन्धका कारण  विश्व अर्थतन्त्रमा निकै प्रभाव पारेको छ । एसियाली विकास बैंक (एडीबी) को एक रिपोर्ट अनुसार कोरोना भाइरसका कारण हालसम्म ४०.१ खर्ब अमेरिकी डलरको क्षति भैसकेको छ ।  यो भनेको विश्वको कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत नोक्सान हो । आर्थिक वृद्धि दर मा पनि कालो बदल मडारिएको छ । एडीबीको प्रक्षेपण अनुसार सन् २०२० को आर्थिक वृद्धि ५.५ प्रतिशतबाट घटेर २.२ प्रतिशतमा झर्ने छ। विश्वकै विकसित राष्ट्र अमेरिकामा पनि कोरोनाले आर्थिक सङ्कट पैदा गरेको छ । अमेरिकामा ३० लाखले रोजगारी गुमाएका छन्, भने मासिक बेरोजगारी दर १३ प्रतिशत हाराहारी पुगेको छ। कोरोना भाइरसका कारणले विश्वभर आर्थिक सङ्कट उत्पन्न हुने देखिन्छ । नेपालमा पनि यसले आर्थिकरुपमा निकै सङ्कट पैदा गरेको छ । नाकाबन्दी  र भूकम्पले थलिएर भर्खर सन्तुलनमा अघी बढ्न खोज्दै गरेको हाम्रो आर्थिक गतिविधिलाई यो कोरोना भाइरसले अझ नोक्सान पार्नेछ ।

लकडाउन आफैमा यो कोरोना भाइरस नियन्त्रणका लागी हस्तक्षेप होइन । लकडाउनले हामीलाई संक्रमितको उचित पहिचान गर्न, टेस्टिङ गर्न तथा हाम्रा स्वास्थ्य संरचनाको निर्माण गर्न उचित र पर्याप्त समय प्रदान गर्दछ ।  सिङ्गापुरले अहिलेसम्म लकडाउन गरेको छैन । त्यहाँ स्कुल, कलेजहरु खुला नै छन् । त्यहाँका मानिस हरु सावधानी अप्नाएर आर्थिक गतिविधिमा सँलग्न छन् । सिङ्गापुरले उहानमा यो भाइरस देखिनासाथ त्यसै अनुसारको सावधानी अप्नाए । उसले टेस्टिङ र यसको ट्रेसिङलाई जोडका साथ अघी बढायो । सिङ्गापुरले यो भाइरस देखिनासाथ ‘लिड समय’ को सदुपयोग गर्यो र अन्य देशको तुलनामा सिङ्गपुर यो भाइरस नियन्त्रण गर्न सफल नै भयो ।

अहिलेको उचित रणनिती भनेको आर्थिक पुन:  सुरुवात र भाइरसको प्रजनन संख्या १ भन्दा कम राखी उचित सन्तुलन कायम राख्नु नै हो । कोरोना एकजना मानिसले औषतमा २.३ मानिसलाई कोरोना सार्न सक्छ। एकजना मानिसले एकजनाभन्दा कममा रोग सरेमा त्यसले माहामारीको अवस्थासम्म पुर्याउन सक्दैन । जब प्रजनन संख्या एकभन्दा बढी हुन्छ तब स्थति निकै भयवाह बन्न सक्छ । त्यसैले यो संख्या हेरेर र उचित सावधानी अप्नाएर सरकारले प्रतिबन्ध र लकडाउन खुकुलो र कडा पर्न सक्छ । तर यो भन्दैमा लकडाउन खोल्न हत्तारिनु हुँदैन । नेपालमा सरकारले यो लकडाउनको अवधिको सही उपायोग गर्दै टेस्टिङ र ट्रेशिङलाई तिब्रताका साथ अघी बढाउनुपर्छ ।  संक्रमितलाई अलगाएर तीनको उचित उपचार र प्रवन्ध गर्नुपर्छ । साथै हाम्रा स्वास्थ्य  सेवाहरुलाई पनि मजबुत राख्नुपर्छ ।

इतिहासले के देखाउँछ भने यस्ता महामारीको अन्त्य हुन्छ तर त्यसका लागि समय भने लाग्छ। यस्ता महामारीको फैलावट र बेग कतिसम्म हुन्छ त्यो समयले निर्धारण गर्छ। यस्ता महामारीमाथि विजय प्राप्त गर्न पनि केही समय अवश्य लाग्छ। अहिलेको अवस्थामा हामी धैर्यवान र सावधान हुनुपर्छ। अफवाह र गलत समाचारका पछाडि लागेर आतंकित हुनुहुँदैन। हामीले विज्ञ र स्वास्थ्यकर्मीबाट उचित सुझाव र सल्लाह लिनुपर्छ र त्यसैअनुसार आफ्नो जीवनमा लागू गर्नुपर्छ। यो रोगले विषेशगरी वृद्धवृद्धा र रोग प्रतिरक्षात्मक शक्ति कम भएकालाई बढी आक्रमण गर्ने भएकाले हामीले हाम्रो घरमा रहेका यस्ता किसिमका मानिसको विशेष ख्याल राख्नुपर्छ।

त्यसैले अहिलेको अवस्थाको सामना गर्न एक उचित रणनितिको आवस्यकता छ जसले गर्दा हामीलाई यो रोगको नियन्त्रण नभएसम्म अघी बढ्न मद्दत पुगोस् । हामीले आर्थिक अवस्था र जनस्वास्थ्यलाई उचित ध्यानमा राखी रणनिती तयार पार्नुपर्छ ।  यो रोगविरुद्ध लड्न सधैँ लकडाउन बढाउँदै जान पनि सँकिदैन । अब सरकारले लकडाउन खुकुलो पार्दै लानुपर्छ । जहाँ सँक्रमण अबढी छ त्यहाँ लकडाउन र संक्रमण जाँच बढाउँदै लानुपर्छ र जहाँ कम छ त्यहाँ सावधानी र सामाजिक दुरी कायम राख्दै त्यो क्षेत्र खुकुलो पार्नुपर्छ । सधैँ मानिसलाई घरभित्र थुनेर राखेर यो रोगबाट मुक्ती पाउन सकिन्न । अब सावधानीका साथ यो रोगको सामना गर्ने बेला आएको छ ।

                                                                                                                                                                          साभारः अन्नपूर्ण पोष्ट


Nabintech