बर्दियामा आज ११ जना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

बर्दिया ५, कात्तिक ।

बर्दियामा बुधवा थप ११ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी गराउनुभयो ।

१ सय ९२ जनामा गरिएको परीक्षणमा बर्दियाका ११ जनालाई कोरोना संक्रमण देखिएको हो।

संक्रमितमध्ये बर्दियाको गुलरिया नगरपालिकाका ५ जना, बढैयाताल गाउँपालिकाका २ जना र मधुवन नगरपालिकाका ४ जना रहेका छन्। जसमध्ये ३ महिला र ८ जना पुरुष संक्रमित रहेका छन्।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech