डुडुवामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

नेपालगन्ज ५, कात्तिक ।
बाँके डुडुवा गाउँपालिका–४ मा बुधबार आधारभुत सामाुदायिक स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालयको परिसरमा निर्मित ३ कोठे भवन संघीय सरकारबाट प्राप्त रु ३५ लाख अनुदान रहेको छ ।

भवनबाट प्रसूति सेवा बाहेक सबै स्वास्थ्य सेवा प्रवाह गरिने स्वास्थ्य शाखाले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर सबैलाई पायक पर्नेगरि स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

उहाँले गाउँपालिका अन्र्तगत रहेका दूरदराज तथा पछाडी परेका र टाढा हुने सेवाग्राहीका लागि गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सहजताका लागि अझै पनि दुई स्थानमा स्वास्थ्य इकाई स्थापना गर्न लागेको बताउनुभयो । अध्यक्ष चौधरीले स्वास्थ्य केन्द्रमार्फत नागरिकहरुलाई सम्पुर्ण निशुल्क उपचारको व्यवस्था गरेको हुनाले सेवाका बारेमा जनगुुनासो तथा सरसल्लाह समेत दिन सेवाग्राहीलाई आग्रह गर्नुभयो ।

गाउँपालिकाको १, २, ३, ५ र ६ नंं वडामा पहिलेदेखि स्वास्थ्य केन्द्रको भवन रहेको र वडा नंं ४ मा स्वास्थ्यको भवनको अभावमा सेवा प्रवाह गर्न असजिलो भएकाले भवन निमार्णपछि सेवा सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डलैपुर र पाझामा पनि स्वास्थ्य इकाई स्थापना गर्न लागिएको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech