२४ घण्टामा ५७४३ कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

काठमाडौं ५, कात्तिक ।

नेपालमा कोरोना भाइरसका थप पाँच हजार ७४३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ७४३ संक्रमित थपिएका हुन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ५७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ९९६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् । देशभर ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech