बीपी कोइराला प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

काठमाडौं ५, कात्तिक ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको मंगलवारराती ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो ।

मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech