कोरोना संक्रमित कञ्चनपुरका २४ बर्षीय युवाको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • ५ कार्तिक २०७७, बुधबार

कोहलपुर ५ कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट कञ्चनपुरका युवाको कोहलपुरमा मृत्यु भएको छ । बेलाडी–५ कञ्चनपुरका २४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार बेलुका मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए । कोरोना भाइरससंग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाव संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजेभिट आएको अस्पतालले जनाएको छ ।

कोरोना पोजेटिभ पछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मङ्गलबार बेलुका साढे ७ बजे मृत्यु भएको  केन्द्रले जनाएको छ । योसगैं उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाँकेमा निधन भएको छ । बाँके जिल्लाका मृत्यु हुनेको संख्या भने २९ छ ।

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech