बाँकेमा आज ७४ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७७, मंगलवार

नेपालगन्ज ४, कात्तिक ।
बाँकेमा मंगलवार थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा गरीएको पीसीआर परीक्षणमा २६ महिला र ४८ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ५०, नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १३ जना र कोहलपुरमै रहेको बागेश्वरी प्रयोगशालामा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कुल संक्रमितको संख्या २ हजार ८ सय ३ पुगेको छ ।

यस्तै मंगलवार विभिन्न अस्पताल, संस्थागत आइसोलेसन सेन्टर तथा होमआइसोलेसनबाट ६६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ७५ पुगेको छ । अहिलेसम्म बाँकेका २९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भइसकेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech