सुर्खेतमा कोरोना संक्रमित ८६ बर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७७, मंगलवार

सुर्खेत ४, कात्तिक ।
सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचाररत वीरेन्द्रनगर नगरपालिका–८, सुर्खेतकी ८६ वर्षीया महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो । । उनको मंगलबार दिउँसो १ बजे मृत्यु भएको हो ।

ज्वरो आउने र खोकी लाग्ने समस्या देखिएपछि असोज ३० गते बेलुका प्रदेश अस्पतालमा भर्ना भएकी महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि कात्तिक १ देखि आईसीयूमा राखिएको थियो ।

कर्णाली प्रदेश अस्पतालका डा। प्रदीप पौडेलका अनुसार कात्तिक १ गते बिहान स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech