३०९३ संक्रमित थपिए ,२१०८ डिस्चार्ज, ८ को मृत्यु

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७७, मंगलवार

काठमाडौं ४, कात्तिक । 

देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३ हजार ९३ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमित अधिकांश काठमाडौं उपत्यकाका छन् । योसँगै अब देशभर मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार १०८ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

अब देशभर संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ।

योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६५ पुगेको छ।


Nabintech