विराटनगरमा कोरोनाबाट एकैदिन सातजनाको निधन

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७७, मंगलवार

विराटनगर ४, कात्तिक ।
विराटनगरका विभिन्न कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित सात जनाको एकै दिन मृत्यु भएको छ। कोरोना पुष्टि भएर उपचार गराइरहेकामध्ये कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एकएक जनाले ज्यान गुमाएका हुन्। मृतक संक्रमितमध्ये पाँच महिला र दुई पुरुष छन्।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान ५ः ३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ। त्यस्तै विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धा महिलाको कोशीमै बिहान ४ः ४५ बजेतिर मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिडमै मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवं अस्पताल प्रालिमा सोमबार राति १२ बजेतिर भएको छ।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा बिहान ८ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो।

त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा झापाको बिर्तामोड नगरपालिका–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको बिहान ८ः५० बजेतिर मृत्यु भएको छ।

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech