इटहरी र बुटवलका दुई संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ कार्तिक २०७७, मंगलवार

तस्विरः फाइल

बुटवल ४, कात्तिक ।
इटहरी र बुटवलका दुई संक्रमितको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकां ११ निवासी ४१ वर्षीया महिलाको मंगलबार बिहान ५ः१० बजे मृत्यु भएको हो।

उनलाई ज्वरो र स्वाप्रस्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो। उनी कार्तिक ३ गतेको कोरोना पोजेटिभ भई अस्पतालमा भर्ना भएकी थिइन्।

उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। उनी मधुमेहकी बिरामी समेत थिइन्। यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

इटहरी सुनसरीका ५६ वर्षीय पुरुष उपचारका क्रममा सोमबार बलुका ९ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्त डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालका अनुसार उनको कार्तिक १ गते कोरेना पोजेटिभ आएको थियो। उनी कार्तिक ३ गते अस्पतालमा भर्ना भएका थिए।

  • ४ कार्तिक २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech