बाँकेमा आज ३८ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

नेपालगन्ज ३, कात्तिक ।
बाँकेमा सोमवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा ल्यावमा गरिएको पीसीआर परीक्षणमा १३ महिला र २५ पुरुषगरी ३८ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पतालको ल्यावमा २६, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १० र बागेश्वरी ल्यावमा २ गरी ३८ जना नयाँ संक्रमित फेला परेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसँगै बाँकेमा संक्रमितको संख्या २ हजार ७ सय २७ पुगेको छ । यस्तै सोमवार ७० जना डिस्चार्ज भएका छन् ।

विभिन्न आइसोलेसन सेन्टर, अस्पताल तथा होमआइसोलनबाट उनीहरु डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ९ पुगेको छ । अहिलेसम्म बाँकेमा २९ जनाले भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech