कोरोनाबाट अति प्रभावित जिल्लाहरुमा आइसोलेसन सेन्टर थप्ने सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • ३ कार्तिक २०७७, सोमबार

काठमाडौं ३, कात्तिक ।

सरकारले कोरोनाबाट धेरै प्रभावित भएका जिल्लाहरुमा आइसोलेसन सेन्टर थप गर्ने भएको छ । कोभिड अस्पतालको रूपमा रूपान्तरण भएका देशभरिका सबै सरकारी तथा सार्वजनिक अस्पतालहरूमा प्रत्येक प्रदेशमा कम्तीमा २०० र काठमाडौं उपत्यकामा २ हजारको संख्यामा आवश्यक सुविधा र उपकरणसहितका हाइडिपेन्डेन्सी यूनिटको रूपमा १५ दिनभित्र स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले हाल प्रयोगमा नरहेका र आइसोलेसन सेन्टरको रूपमा विकास गर्न सकिने क्वारेन्टिनलाई १५ दिनभित्र आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।

गृह मन्त्रालयसँगको समन्वय र सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय असोज २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेको उहाँले बताउँनुभयो । कोरोना भाइरस संक्रमण बढिरहेको स्थानहरुमा हाल सञ्चालनमा रहेका आइसोलेसन सेन्टरहरूलाई आवश्यकताअनुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

सरकारी र सार्वजनिक कोभिड अस्पतालमा उपलब्ध आईसीयू र एचडीयू नपुग भएमा निजी तथा सामुदायिक क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा पनि आईसीयू र एचडीयूको व्यवस्था गर्ने निर्णय भएको छ ।

  • ३ कार्तिक २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech